हिमाल आरोहणको बाटो बनाउन आइसफल डाक्टरहरु प्रस्थान

हिमाल आरोहणको बाटो बनाउन आइसफल डाक्टरहरु प्रस्थान

ram naam satya

पर्वतारोहणको वसन्त ऋतु सिजन शुरु भएसँगै आइसफल डाक्टरहरु भर्‍याङ र डोरी टाँग्न सगरमाथातर्फ लम्किने तयारीमा जुटेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाबाहेक अन्य हिमालमा आइसफल डाक्टरहरुले बाटो बनाउँदैनन्। आरोहीहरु सगरमाथाको शिखरतर्फ पुग्नका लागि डोरी र भर्‍याङको सहारा चाहिन्छ। पर्वतारोहीहरु आधारशिविर पुग्नुअघि नै हिमाली भेगमा अभ्यस्त शेर्पाहरुले भर्‍याङ, पुल, अंकुश र डोरी राखिसकेका हुन्छन्। आफ्नो ज्यानै जोखिममा राखेर भर्‍याङ र डोरी राखी पर्वतारोहणमा योगदान दिनेहरुलाई नै आइसफल डाक्टर भनिएको हो।

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा शिखरमा पाइला टेक्दा यस्ता कुनै सुविधा उपलब्ध थिएनन्। नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङका अनुसार यस वर्षको अप्रिलदेखि शुरु हुने वसन्त सिजनका लागि बाटो बनाउन मार्च पहिलो साता नै आइसफल डाक्टरहरु सगरमाथा उक्लँदैछन्। करिब एक महिनासम्म हिम पहिरोको सम्भावित स्थान पहिल्याएर सुरक्षित ठाउँमा भर्‍याङ, पुल, अंकुश र डोरी राखिसक्ने छन्।

सगरमाथा आरोहणको ६५ वर्षे इतिहासमा तीन सयभन्दा बढीको ज्यान गइसकेको छ। पर्वतारोहण संघका महासचिव गुरुङका अनुसार सन् १९५३ पछि निरन्तर पर्वतारोहीहरुको ज्यान गएपछि सरकारले आइसफल डाक्टरको अवधारणा ल्याएको अनलाइनखबरले लेखेको छ।

नेपालमा २५ जना आइसफल डाक्टर छन्। अहिले आङ्तामे र ग्याल्चिन नामका दुई जना मुख्य आइसफल डाक्टर छन् भने उनीहरुका २३ जना सहयोगी छन्।

आधारशिविर र क्याम्प-१को बीचमा पर्ने खुम्बु आइसफल सबैभन्दा खतरनाक विन्दु मानिन्छ, सगरमाथा आरोहणमा । त्यहाँ भर्‍याङ र पुल हालेर आइसफल डाक्टरहरुले आउजाउ सहज बनाइदिन्छन्। त्यसबाहेक हिलारी स्टेप पनि पर्वतारोहीहरुका लागि अर्को कठिन विन्दु हो, जहाँ अंकुश र डोरी टाँगेर उक्लिन मद्दत पुर्‍याउँछन् । आरोहीहरु त आइसफल डाक्टरहरुले बनाइदिएको बाटोमा सहजै ओहोरदोहोर गर्न सक्छन्। उनीहरुले भने आफैं खतरनाक यात्रा तय गर्नुपर्छ ।

नेपाल–भारतमैत्री सन्धिलगायत दुईपक्षीय विवाद निरुपणमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ । ४ महिनापछि नेपाल र भारत दुवै सरकारलाई बुझाउने गरी प्रतिवेदनको ‘ड्राफ्ट’ अन्तिम चरणमा पुगेको नेपाली टोलीले जानकारी दिएको हो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *