हिन्दी चलचित्र एक हप्ते सांस्कृतिक कार्यक्रम

ram naam satya

नवौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव संयोजक समितिद्वारा आयोजित हिन्दी चलचित्र एक हप्ते सांस्कृतिक कार्यक्रम चलिरहेको छ। सो अवधिमा १० वटा हिन्दी चलचित्र देखाइन्छ र तीमध्ये जिरो नामक चलचित्र समापन समारोहमा देखाइने छ।

अप्रिल १९ तारिख आयोजित चिनियाँ-भारतीय चलचित्र रणनीतिक सहयोग सार्वजनिक पत्रकार सम्मेलनमा चिनियाँ पक्षका प्रमुख शक्ति क्रिस्टार पिक्चस कम्पनीका बोर्ड प्रमुख लिउ छ्वानले जानकारी दिए अनुसार, चलचित्र प्रोजेक्टरबाहेक, आपसी आदानप्रदानमा दुई देशका अभिनेता-अभिनेत्री, चलचित्र छायाङ्कन तथा प्रमोशन एवं वितरण सम्बन्धी श्रोतको विकास सहयोगलाई पनि समावेश गरिएको छ। १९ तारिख दिउँसो चीन र भारतको संयुक्त छायाङ्कनमा गरिने ‘द जु किपर’ चलचित्रको हस्ताक्षर समारोह पनि आयोजित भएको छ। सो प्रोजेक्टरमा संलग्न रकम २० करोड चिनियाँ युआन बराबर भएको बताइएको छ।

हिन्दी चलचित्र एक हप्ते सांस्कृतिक कार्यक्रममा हिन्दी चलचित्र देखाइने, चिनियाँ-हिन्दी चलचित्र सहयोग वार्ता मञ्च, चिनियाँ तथा भारतीय छायाङ्कन स्थल प्रमोशन समारोह, हिन्दी चलचित्र पोस्टर प्रदर्शनी, चिनियाँ-हिन्दी चलचित्र रणनीतिक सहयोग सार्वजनिक समारोह समेत विविध सांस्कृतिक कार्यक्रम रहेका छन्।

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *