हरित जीवन सुन्दर घरबारको लागि के गर्ने?

ram naam satya

बितेका केही दिनलाई नियाल्दा फिलिपिन्स तथा मलेशियाले विदेशी फोहोर सङ्कलन अस्विकार गरेको समाचारले अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षित गरेको देखिन्छ। फोहोरको संचालन राम्रोसँग नगरेमा अन्तर्राष्ट्रिय मतभेद, अन्तर्विरोध तथा संघर्ष उत्पन्न पनि हुनसक्छ। ती समाचारहरूबाट हामी मानवजातिले हरित विकासको विचारधारामा हरित जीवनको तवरले प्रकृतिसँग मेलमिलापयुक्त रूपमा सह-अस्तित्व हुनुपर्ने प्रतिबिम्बित गरेको छ।

अप्रिल २८ तारिख पैचिङ विश्व बागवानी एक्स्पो २०१९ को उद्धाटन समारोह आयोजित भएको छ। विश्वका ११० वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले सो एक्स्पोमा नयाँ पुराना गरी १२०० खालका वनस्पतिको प्रदर्शन गरिरहेका छन्। उक्त एक्स्पोको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सुन्दर घरबारको संयुक्त निर्माण र मानवजातिको साझा भाग्य समुदायको स्थापना गर्न आह्वान गर्नुभएको छ।

मानव र प्रकृति बीचको मेलमिलापयुक्त सह-अस्तित्व चीनको परम्परागत संस्कृतिमा पाइन्छ। औद्योगिकिकरणबाटै मानवजातिको लागि ठूलो धनसम्पति सिर्जना भए तापनि मानवजातिसामु भद्दा वास्तविकता पनि देखा परेको छ कि विकास क्रममा मानिसहरूले आफू बाँच्नका लागि भरपर्दो वातावरणलाई बारम्बार ध्वस्त पार्दैआएका छन्। बितेका वर्षहरूमा चीन पनि विभिन्न किसिमका प्रदूषणबाट पिडित बनेको छ।

शहरीकरणको क्रममा औद्योगिकिकरण भएको समाजमा मानिसहरूले आकाशमा ताराहरू देख्ने र फूलको सुगन्ध कसरी पाउने छन्? चीनले आर्थिक विकासको मोडलको चिन्तन-मनन गरेर पर्यावरणीय सभ्यताको निर्माण गर्न थालेको छ। सन् २०१२ मा पर्यावरणीय सभ्यताको निर्माणलाई सम्पूर्ण देशको आर्थिक सामाजिक विकासको मूल स्थितिमा समेटिएको छ र सन् २०१८ मा यसैलाई संशोधित चिनियाँ संविधानमा पनि राखिएको छ। बितेका केही वर्षयता, राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको ‘हरित पहाड नै सुन र चाँदीको पहाड हुन्’ भन्ने विचार चिनियाँहरूमाझ निकै लोकप्रिय बन्दै आएको छ।

पर्यावरणीय सभ्यताको निर्माणका लागि चीन विकासको द्रुतमार्गमै प्रवेश गरिसकेको छ र विकास तथा वातावरणीय संरक्षण सन्तुलित मोडलको प्रयोग भइरहेको छ। चीनमा स्वच्छ ऊर्जा लगानी केही वर्षदेखि लगातार रूपमा विश्वको प्रथम स्थानमा रहेको छ र नयाँ ऊर्जा तथा पुनः प्रयोग गरिने ऊर्जाको प्रयोग पनि विश्वमा पहिलो स्थानमा रहेको छ। वातावरण संरक्षण आधारित लगानीबाटै चीनको आर्थिक विकासको वास्तविक प्रबर्द्धन गरिएको छ जसबाट हरित विकासद्वारा पनि समृद्धि ल्याउन सकिने प्रतिविम्वित भएको छ।

चीनबाट विश्वसम्म दृष्टि पुर्याउँदा राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै, पर्यावरणीय वातावरणको चुनौतीको सामना गर्दा हामी मानवजाति एउटै भाग्य समुदायमै छौं कुनै पनि मुलुकले आफूलाई अलग्याउन सक्दैनन् र जलवायु परिवर्तन लगायत ती समस्याहरूको सामना गर्नु नै विश्वका विभिन्न मुलुकको संयुक्त कार्यभार तथा कर्तव्य हो।

पैचिङ बागवानी एक्स्पोको उद्घाटन दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च सम्पन्नलगत्तै भएको हो। सो मञ्चमा सहभागी विभिन्न मुलुकका नेताको एउटा मतैक्य छ कि बीआरआईबाट खुला तथा विकास बाटो मात्र होइन हरित विकास बाटो नै हुनुपर्छ। बीआरआईबाट विभिन्न मुलुक जोडिनुका साथै ती मुलुकका जनताहरूलाई पनि जोडिएर साझा भाग्य समुदाय बनाउनुपर्छ। हरित विकास भावी पुस्ताको हित-कल्याणसँग सम्बन्धित मात्र होइन मानवजातिको भविष्यसँग पनि घनिष्ट सम्बन्ध छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *