

प्यालेष्टाइन र इस्लामिक प्रतिरोधी आन्दोलन हमासको रकेट बमको प्रहारको जवाफी कारवाईका लागि इजरेली सेनाले उन्नतीस तारिख टेन्क र विमान पठाएर गाजा क्षेत्रको उत्तरी भागमा रहेका हमासका दुईवटा सैन्य चौकीमाथि सैनिक प्रहार गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।
इजरेली राष्ट्रिय प्रतिरक्षा सेनाका अनुसार, हमासले हिजै गाजा क्षेत्रबाट इजरेलतर्फ तीनवटा रकेट बम पठाएको थियो। तीमध्येका दुईवटालाई इजरेलले छेकेको छ भने अर्को बम इजरेली दक्षिणी भागमा रहेको एउटा भवनमाथि पड्केको छ। तर कुनै पनि मान्छेको हताहत भएको छैन।