स छुआन—तिब्बत रेलमार्गमा सबैभन्दा लामो र उच्च तापक्रम भएको सुरङमार्ग संचालनमा

ram naam satya
चिनियाँ समाचार समितिका अनुसार, चीनको स छुआन—तिब्बत रेलमार्गको पहिलो ज्यादै लामो सुरङमार्ग साङ्ग चु लिङ्ग सुरङ हिजो जनवरी सत्र तारिखदेखि संचालनमा आएको छ। यो सुरङ मार्गको जम्मा लम्बाई 16 किलोमिटर 449 मिटर रहेको छ। यो सुरुङ मार्ग वरिपरिको चट्टानको तापक्रम 89.9 डिग्री सेल्सियससम्म पुग्ने गर्छ। चिनियाँ रेलमार्गको सुरङ निर्माणका क्रममा सुरुङ मार्गको चट्टानको यो सबैभन्दा उच्च तापक्रम रहेको समाचारमा जनाइएको छ।

स छुआन—तिब्बत रेलमार्ग तिब्बतमा पुग्ने पाँचवटा रेलमार्गमध्येको एक हो। यो रेलमार्गको ला लिन भागले लाह्सा सहर र लिन्ची सहरलाई जोडेर तिब्बतको पहिलो इलेक्ट्रोफिकेशन रेलमार्ग बन्ने छ। ला लिन भागको रेलमार्गमा 47 वटा सुरङहरु छन्। पुल र सुरङको मात्र जम्मा लम्बाई तीन सय एक किलोमिटर रहेको छ। पुल र सुरुङ मार्गले मात्र यो रेलमार्गको 75 प्रतिशत भाग ओगटेको छ।

साङ्ग चु लिङ्ग सुरङ स छुआन—तिब्बत रेलमार्गमा एउटा निकै महत्वपूर्ण परियोजना हो। यो तिब्बतको शान नान सहरको साङ्ग च्या उपत्यकामा पर्दछ। यो सुरङको निर्माण सन् 2014 को डिसेम्बरमा शुरु भएको थियो। यो सुरुङ निर्माण गर्नका लागि एक हजार दुई सयभन्दा बढी निर्माणकर्ताले निरन्तर 1125 दिन निर्माण गरेपछि हिजोदेखि संचालनमा आएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *