

उहाँका अनुसार समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकासका लागि सूचना प्रकाशित भएदेखि ४५ दिनसम्म फारम भर्ने समयावधी तोकिएको छ। स्वेच्छिक अवकासका लागि मन्त्रालयले छुट्टै एकाई समेत गठन गरेको छ। स्वेच्छिक अवकासमा जाने कर्मचारीले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्ने छन्। त्यसपछि उक्त निवेदनको आवश्यक छानविन गरी मन्त्रालयले अवकास दिनेछ। बीस वर्ष सेवा पुरा गरेका र ५० वर्ष उमेरका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता न्यौपानेले बताउनुभयो।
अवकासमा जाने कर्मचारीले सात वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) पाउने छन्। त्यसपछि नियमित निवृत्ति पाउने उहाँले बताउनुभयो। निलम्बनमा परेका, विभागीय कारबाहीमा परेका र अध्ययन बिदा पूरा गरी न्यूनतम सेवा अवधि पूरा नगरेका कर्मचारीले भने अवकास पाउने छैनन्।

कर्मचारी समायोजन ऐन, २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ।
