

असी वर्षअघि यसै दिन जापानी सेनाले क्रूरतापूर्वक नानचिङमाथि आक्रमण गरी अमानवीय नरसंहार गरेको थियो जसबाट तीन लाख देशवन्धु मारिएका थिए। सो अमानवीय अपराध मानवजातिको इतिहासमा अँध्यारो पृष्ठ राखेर चीनको दीर्घकालीन दुःख बनेको छ। सन् 2014को फेब्रुअरीमा चीनले हरेक डिसेम्बर तेह्र तारिखलाई नानचिङ नरसंहारका मृतकको स्मृतिमा राष्ट्रिय बलिदान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय बलिदानी स्मृतिसभामा उपस्थित हुनुभएका राष्ट्रिय परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले इतिहासलाई सही रुपमा बुझेर मात्रै अझ राम्रो भविष्य सिर्जना गर्नुसकिने विचार व्यक्त गर्नुभयो। इतिहासको दुःख फेरि नदोहोरियोस् भन्नका लागि मानवजातिको दीर्घकालीन शान्तिको लागि अथक प्रयास गरिरहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

बलिदान कार्यक्रमपछि सी चिन फिङले नानचिङ नरसंहारमा बचेका प्रतिनिधि र चिनियाँ जनताको जापान विरोधी युद्धमा योगदान गरेका अन्तर्राष्ट्रिय मैत्री प्रतिनिधि परिवारसँग भेटघाट गर्नुभयो। सीले इतिहास राम्रो होस् कि दुर्घटनायुक्त होस् वास्तविकता चाहिएको भन्दै इतिहासबाट सिकेर भविष्यको बाटोमा राम्रोसँग हिड्नुपर्ने दोहोर्याउनुभयो।
