स्थानीय र पर्यटकहरू रामनवमीको अवसरमा वन विचरणमा निस्किए

स्थानीय र पर्यटकहरू रामनवमीको अवसरमा वन विचरणमा निस्किए

ram naam satya

गान्तोक, 13 अप्रेल। वसन्त ऋतुको सबैभन्दा महत्वपूर्ण पर्व राम नवमी अनि चैते दशैंको छेका पारेर जङ्गल घुम्नु जाने परम्परागत संस्कृतिलाई अझै सिक्किमे आम मानिसले कायम राखेका छन्। सरकारले प्रतिबन्ध गरिसकेपछि रामनवमीको नाममा शिकार खेल्ने प्रथा बन्द भए पनि गुराँस फुल्ने पाखा पखेरु घुमेर रामनवमीको पालन गर्ने पहाडी परम्परालाई भने यथावत राख्दै हजारौं को संख्यामा पश्चिम सिक्किमको चर्चित बर्से गुराँस उद्यानमा आज बिहानैदेखि हिलेसम्म वाहनमा पुगेर बर्से गुराँस कुञ्जतिर मानिसहरूले यात्रा गरेका छन्।

पश्चिम सिक्किमको लाली गुराँसको निम्ति चर्चित यो ठाउँ बाहेक पुर्व सिक्किमको याली फाकेलाखा गङ्गु टार र केदी पोखरीसम्मको यात्रामा पनि बाक्लो संख्यामा युवा युवती तथा आम मानिसहरूले छोटो हाइकिङ गरेर रामनवमीको अवसरमा यात्रा गरेका छन्।

पूर्व सिक्किमको याली फाकेलाखा ग्रामीण पर्यटन क्षेत्रलाई विकासमा लागि परेका हितधारक पदम गुरुङले बताए अऩुसार आज बिहानै देखि याली फाकेलाखा भएर गङ्गुटार, केदी पोखरीको यात्रामा सयौं मानिसहरू अघि आएका थिए। उनीहरूमा देशी पर्यटक र यालीको होमस्टेहरूमा बस्न आइपुगेका तथा शहरको थकाई मेट्न गाउँ पसेकाहरूको बाल्को झुण्डले उपर्युक्त क्षेत्रहरूमा भ्रमण गरि फर्किएका छन्।

क्षेत्रमा अहिले लटरम्म लाली गुराँस फुलेको छ भने मौसम सफा भएको कारण पर्यटक र प्रकृति प्रेमी स्थानीयहरूलाई समेत आकर्षित गरिरहेको कारण रामनवमीलाई ट्रेकिङ पर्यटनसित जोड्न र वन घुम्ने पहाडी संस्कृतिलाई पर्यटकहरूसित जोड्न सकेको खण्डमा राम्रो आर्थिक आर्जनको माध्यम पनि बन्ने उनको ठम्याई छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *