

सोह्रवटा मुलुकका प्रसिद्ध प्रकाशन संस्थाले चिनियाँ विदेशी भाषा ब्युरो अन्तर्गत विदेशी भाषा प्रकाशन एजेन्सीसँग सत्ताईस तारिख पैचिङमा “सी चिन फिङ: चीनको शासन व्यवस्था”को दोस्रो भाग सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य अनुवादन प्रकाशनको स्मृति-पत्रमा हस्ताक्षर गरेका छन्। सो स्मृति-पत्र हस्ताक्षर सम्पन्नपछि ती विदेशी प्रकाशन संस्थाहरूले चीनसँगै त्यस दोस्रो भागको अनुवादन गर्ने सिन्ह्वा समाचार समितिले जनाएको छ।
ती सोह्रवटा मुलुकमा इटली, पोल्याण्ड, युक्रेन, अल्बानिया, रोमानिया, केन्या, ताजकिस्तान, भियतनाम, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, मङ्गोलिया, नेपाल, श्रीलंका र अफगानिस्तान रहेका छन्।

“सी चिन फिङ: चीनको शासन व्यवस्था”को पहिलो र दोस्रो भाग प्रकाशन गरिएको विषयलाई अन्तर्राष्ट्रिय समाजले निकै ध्यान दिनुका साथै विस्तृत सकारात्मक मूल्याङ्कन गरेका छन्। हालसम्म पहिलो भागलाई चौब्बीसवटा विदेशी भाषा संस्करणमा प्रकाशन गरिएको छ भने विश्वमा छापिएको संख्या 66 लाखभन्दा बढी पुगेको छ।
