सैनिक कलेजमा चीन, अमेरिका र भारतीय सैनिकको तालिम

ram naam satya

अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकै स्थानमा एउटै कोर्षमा तालिम गरेको घटना विरलै भेटिन्छ। तर नेपाली सेना अन्तर्गतको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा उपरोक्त मुलुकका सैनिक अधिकृतहरुले एकै ठाउँमा तालिम लिने गरेका छन्। अमेरिकी, चिनियाँ र भारतीय सैनिकलाई तालिम दिने कार्यले गर्दा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेज विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ। केही बेलायती सैनिकले पनि उक्त कलेजबाट सफलतापूर्वक तालीम लिइसकेका छन्।
बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५४ सैनिकले आजै मात्र स्टाफ कलेज कोर्ष पूरा गरेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उक्त कलेजमा आयोजित २४ औं आर्मी कमाण्ड एण्ड स्टाफ कोर्ष ग्र्याजुएसन समारोहमा ५४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षकले पनि आज उक्त कोर्ष पूरा गरेको जानकारी दिइयो।

नेपालखबरका अनुसार त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालीम सैनिक संगठनमा माथिल्लो (जर्नेल) तहमा पुग्न अनिवार्य मानिन्छ। सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९ सय २२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *