सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो: प्रधानसेनापति

ram naam satya

नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ।

‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबार शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी दिए।

‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन’ उनले भने।

पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्ने जानकारी दिँदै प्रधानसेनापति थापाले भने ‘सेनाको छवि धुमिल्याउन अझै पनि केही शक्ति सक्रिय छन्।’

आर्थिक अनियमिताविरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गरे।

‘आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराई दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा पनि त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन’ प्रधानसेनापति थापाले भने।

नेपाली सेना ‘चेनअफ कमाण्ड’ र पद्धतिमा चल्नाका साथै अनुशासन र बलिदानमा मान्यता राख्ने सङ्गठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको छ।

सेनाले प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ। उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिइने भएको छ। प्रधानसेनापति थापाले सो कार्यक्रममा आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्पण गरे। यो समाचार अनलाइन खबरले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *