सुरक्षित घर अभियान शुरू

ram naam satya
२० औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सुरक्षित घर अभियान नेपालको शुक्रवार काठमाडौमा शुभारम्भ भएको छ । २० औं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले भूकम्प सुरक्षा दिवसको तयारीको अवस्था तथा भूकम्प सुरक्षा दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम र गतिविधिहरुका बारेमा जानकारी गराउन शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त अभियानको शुभारम्भ गरिएको हो।

यो अभियान समाजिक सञ्जाल मार्फत भूकम्प प्रतिरोधी घर संरचना निर्माणको लागि जनमानसमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले गरिएको २० औँ भूकम्प सुरक्षा दिवस प्रचार प्रसार समितिका संयोजक तथा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले जानकारी दिनुभयो। कारोबार अनलाइनका अनुसार सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य पूर्व तयारी तथा सुरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचार प्रसार भएमा भविष्यमा भूकम्पबाट जनधनको क्षति कम हुने भन्दै शर्माले यसलाई व्यापक बनाउन आग्रह गर्नुभयो।

“देश संघीयतामा गइसकेको परिप्रेक्ष्यमा विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको अहम भुमिका रहने हुनाले यस बर्षको भूकम्प सुरक्षा दिवसको नारामा समेत स्थानीय सरकारलाई सबल बनाउने कुरामा जोड दिइएको हो,” शर्माले भन्नुभयो।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले नेपाली जनताले भोग्दै आएको बहु प्रकोपीय जोखिम न्यूनीकरणका लागि जनचेतना वृद्धि लगायत विविध उपायमा ध्यान दिनुपर्ने बताउनुभयो।

गृह मन्त्रालयका सहसचिव तथा विपद् ब्यवस्थापन महाशाखाका प्रमुख कृष्ण राउतले भूकम्पीय सुरक्षालाई संस्कृतीको रुपमा विकास गर्नुपर्ने आवाश्यकता रहेको र भूकम्प सुरक्षा दिवसले जनतालाई यस तर्फ उत्प्रेरित गर्ने बताउनुभयो। राष्ट्रिय भौगर्भिक समाजका अध्यक्ष डा. कविराज पौड्यालले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा इन्जिनियरिङ पक्ष, गुणस्तरीय निर्माण सामग्री जस्ता कुराहरु मात्रै महत्व दिने गरेको तर जमिनको अवस्थामा ध्यान नदिन गरेको भन्दै यसलाई पनि ख्याल गर्नु पर्नेमा जोड दिनुभयो।

यस बर्षको भूकम्प सुरक्षा दिवसको मूल समारोह माघ २ गते काठमाण्डौको बसन्तपूरमा आयोजना हुँदैछ। भूकम्प सुरक्षा दिवसको अवसरमा २ गते बिहान ११ बजे न्यूरोडको भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको छ भने मूल समारोहको कार्यक्रम दिउसो तय गरिएको छ।

यस बर्षको भूकम्प सूरक्षा दिवसको नारा सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार भन्ने रहेको छ। १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरुक्षा दिवस मनाउँदै आएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *