सुरक्षित अनुभव भएकाले नै विदेशीहरू चीनमा बसोबासका लागि इच्छुक

ram naam satya

चीनको खुलापनको पाइला निरन्तर तीव्र बन्दै गएको सिलसिलामा झन् झन् बढी विदेशीहरू अध्ययन गर्न, काम गर्न र जीवन बिताउन चीन आएका छन्। उनीहरूको विचारमा सुरक्षा भावना नै चीनमा बसोबास गर्नका लागि उपयुक्त र महत्वपूर्ण कारण हो।

सिरियाका नागरिक मुताज आसादी चीनमा एक्काईस वर्षदेखि बसिरहेका छन्। हाल उनी पैचिङमा एउटा रेस्टुराँ सञ्चालन गर्छन्। त्रिचालीस वर्षिय आसादीले आफ्नो लागि एउटा चिनियाँ नाम अर्थात् वाङ चोङ ह्व भन्ने नाउँ दिएका छन्।

बितेका एक्काईस वर्षयता वाङ चोङ ह्वले चीनका क्वाङ चौ, हाङ चौ, शाङ्गहाई र यी ऊ आदि शहरको भ्रमण गरी चिनियाँ अर्थतन्त्रको तीव्र विकासको पनि अवलोकन गरेका छन्। चीनमा पाइने सुरक्षा अनुभव आफू लगायतका धेरैजसो विदेशी साथीहरूले चीनमा बसोवास गर्ने मनसाय लिनुको मुख्य कारकतत्व भएको कुरा पनि उनले ‌औँल्याए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *