

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले दश तारिख हाल दक्षिण कोरिया र उत्तर कोरियाको वार्ताको स्वागत गरेको र उक्त वार्तामा कोरियाली प्रायद्विपको आणविक हतियार रहित लक्ष्य प्राप्त हुनसक्ने अपेक्षा लिएको बताएको छ।
सुरक्षा परिषदले उत्तर कोरिया लगायतका सबै संयुक्त राष्ट्र संघका सदस्य मुलुकहरूले सुरक्षा परिषदका सम्बन्धित निर्णय-प्रस्ताव चौतर्फी र गम्भीर रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएको छ।
सन् 2006यता संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले उत्तर कोरियामाथि नाकाबन्दी लगाउने अनेकौं निर्णय-प्रस्ताव पारित गरेको थियो।
