

हिजो जनवरी पाँच तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले दक्षिण कोरियाली संचार माध्यमलाई उद्धृत गर्दै चिनियाँ कम्पनीले धेरैवटा जहाजको समन्धित राष्ट्रको झण्डा र दर्ता गर्ने ठाउँलाई धेरै पटक परिवर्तन गरेको भन्दै सुरक्षा परिषदद्बारा उत्तर कोरियामाथि नाकाबन्दी गरेको निर्णयको उल्लंघन गरेको प्रति चीनको धारणा माग गरेपछि उहाँले उक्त कुरा बताउनु भएको हो।
उहाँले हालै अन्तर्राष्ट्रिय ढुवानी उद्योग उच्चरुपमा खुला रहेको औँल्याउँदै जहाजमा राखिने सम्बन्धित राष्ट्रको झण्डा र दर्ता गर्ने ठाउँ परिवर्तन सामान्य रहेको बताउनु भएको छ। तेस्रो मुलुकमा दर्ता गरिएको जहाजको कारवाही बारेमा चीनले ठोस अवस्थाबारे जानकारि नपाएको पनि उहाँले स्पष्ट पार्नुभयो। यदि सुरक्षा परिषदको निर्णयको उल्लंघन गरिएको भएमा चीनले कानुन अनुसार कारवाही गर्ने पनि उहाँले बताउनुभयो।

