

(GMT+08:00) 2017-11-12 16:26:42
लारुङ गुम्बाको उमिङ बौद्ध शास्त्र विद्यालय कान च तिब्बत जातीय प्रिफेक्चर स डा जिल्लाको दक्षिण-पूर्व 20 किलोमिटरको दुरीमा पर्दछ। त्यहाँको उचाइ समुद्री सतहभन्दा करिब चार हजार मिटर रहेको छ। सो विद्यालय प्रसिद्ध भिक्षु चिन्मेपुङ्ग्छोले सन् १९८० मा स्थापना गरेका हुन्। हाल त्यहाँ लगभग तीस हजार भिक्षुहरु बस्छन्। यो विश्वमा सबैभन्दा ठूलो तिब्बती बौद्ध शास्त्र विद्यालय हो।
