सुदूरपश्चिम महोत्सव शुक्रबारदेखि धनगढीमा सुरु

ram naam satya
    प्रदेश ७ का विकासका मुद्दालाई राष्ट्रियकरण गर्ने उद्देश्यले सुदूरपश्चिम महोत्सव शुक्रबारदेखि कैलालीको धनगढीमा सुरु भएको छ। सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो।

       कृषि, पर्यटन, स्थानीय उत्पादनको प्रवद्र्धन र यस क्षेत्रका विकासका मुद्दालाई राष्ट्रियकरण गर्न सुदूरपश्चिमलाई राष्ट्रिय विकासको मूलधारसम्म जोड्न थप टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष महोत्सव हुने गरेको हो। ‘स्थानीय उत्पादनसहित १५ करोड रुपैयाँ बढीको कारोबार हुनेछ,’ संघका कोषाध्यक्ष पुष्प कुँवरले भन्नुभयो, ‘हरेक वर्ष हुने महोत्सवले यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा सबैभन्दा बढी सहयोग पुगेको छ।

पुस १० सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनका गरी २ सय ५० स्टल रहेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, खानपान, रमाइलो मेला, बाल उद्यान, कृषि उपज प्रदर्शनीलगायत महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

पहिलोपटक सुदूरका २१ वटा विकास निर्माणसम्बन्धी माग राखी सुरु भएको महोत्सवमा यसपटक १६ मागसहित ज्ञापनपत्र बुझाइएको छ। महोत्सवको नवनिर्वाचित सांसद नारदमुनि रानाले उद्घाटन गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *