सी चीनफिङ र जापानका प्रधानमन्त्री किशिदा बीच भेटवार्ता

सी चीनफिङ र जापानका प्रधानमन्त्री किशिदा बीच भेटवार्ता

स्थानीय समय अनुसार नोभेम्बर १६ तारिख अपरान्ह, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोमा जापानका प्रधानमन्त्री फुमियो किशिदासँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले प्रधानमन्त्री किशिदासँग फेरि पनि भेट गर्नपाउँदा खुशी लागेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘गत नोभेम्बरमा बैंककको एपेक बैठकमा हामी भेटेका थियौँ, द्विपक्षीय सम्बन्धबारेका रणनीतिक दिशात्मक विषयहरूमा विचारको आदानप्रदान गरेका थियौँ र केही महत्त्वपूर्ण सहमतिमा पुगेका थियौँ।’

चालु वर्ष चीन-जापान शान्ति र मित्रता सन्धि सम्पन्न भएको ४५ औँ वार्षिकोत्सव हो। यो सन्धिले चीन र जापानबीचको शान्ति, मित्रता र सहयोगको दिशालाई कानुनको रूपमा स्थापित गरेको छ र प्रभुत्ववादको विरोधमा जोड दिएको छ, जुन दुई देशबीचको सम्बन्धको इतिहासमा कोसेढुङ्गा बनेको छ। विगत ४५ वर्षमा, चीन र जापानको सन्धिसहितका ४ वटा राजनैतिक दस्तावेजको निर्देशनमा, दुई देशबीचको सम्बन्धमा उतारचढाव आए पनि यसले सामान्यतया विकासको गतिलाई कायम राखेको छ, दुई देशका जनताहरूमा समृद्धि ल्याएको छ र दुई देशको क्षेत्रीय शान्ति, विकास र समृद्धि प्रवर्द्धनमा सकारात्मक भूमिका खेलेको छ, उहाँले भन्नुभयो।

उहाँले भन्नुभयो, दुवै पक्षले चीन र जापानबीचका चार राजनैतिक दस्तावेजहरूमा उल्लिखित सिद्धान्तहरूको पालन गर्नुपर्छ र रणनीतिक पास्परिक लाभदायक सम्बन्धको स्थितिलाई फेरि पुष्टी गर्नुपर्छ र यसलाई नयाँ अर्थ दिनुपर्छ र नयाँ युगको आवश्यकताहरू पूरा गर्ने चीन र जापानबीचको सम्बन्धको निर्माण गर्नका लागि प्रतिबद्ध हुनुपर्छ।

(CRI)

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *