

राष्ट्राधयक्ष सी चिन फिङले आज अप्रिल २८ तारिख जन बृहद सभा भवनमा किर्गिजस्तानका राष्ट्रपति सोरोन्बाई जिन्बेकोभसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।
सो भेटवार्तामा राष्ट्राध्यक्ष सीले हाल चीन र किर्गिजस्तान बीचको सम्बन्ध स्थिर र स्वस्थ रुपमा विकास हुने प्रवृत्तिलाई कायम राख्दै जाने कुरा औँल्याउनुभएको छ।
प्रत्युत्तरमा राष्ट्रपति जिन्बेकोभले चीनले सफलताका साथ दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको आयोजना गरेकोमा चीनलाई हार्दिक बधाई व्यक्त गर्नुभएको छ।
