

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज 26 तारिख दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा “बेल्ट एण्ड रोड”को साझा निर्माणलाई उच्च गुणस्तरको विकास दिशातर्फ अगाडि बढाउने, साझा परामर्श, साझा निर्माण र साझा बाँड्नुको सिद्धान्त बमोजिम खुला, हरित र स्वच्छ धारणालाई कायम राख्नुपर्ने, उच्च मापदण्ड, सर्वसाधारणलाई लाभ दिने र दिगो विकासको लक्ष्य साकार तुल्याउन प्रयास गर्नुपर्ने कुरा बताउनुभएको छ।
सीले “बेल्ट एण्ड रोड”को साझा निर्माणको उच्च गुणस्तर विकासलाई बढाउनका लागि सबै सहयोग पारदर्शी रूपमा कायम राख्नुपर्ने, संयुक्त रुपमा भ्रष्टाचारमाथि प्रहार गर्नुपर्ने, विभिन्न मुलुकको कानून र नियमलाई सम्मान गर्नुपर्ने कुरा बताउनुभयो।

