सीमास्तम्भ ५बर्षभित्र निर्माण भइसक्ने

ram naam satya

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ। नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन्। यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको नागरिकन्यूज डट कमले जनाएको छ।

सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पूरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरिएको छ। यसरी निर्धारित सीमालाई विभिन्न चरणमा तयार गरिएका सीमा नक्सामा उल्लेख गरिएको र विभिन्न स्थानमा सीमा स्तम्भ स्थापना गर्दै आइएको छ।

सीमालाई लिएर दुई देशबीच विवाद उत्पन्न भएपछि सन् १९८० मा नेपाल र भारतले संयुक्त प्राविधिक समिति (जेटिसी) गठन गरेका थिए। जेटिसीलाई सीमा स्तम्भलाई दुरुस्त राख्ने र स्थानीय स्तरमा बेलाबेलामा देखिने विवाद समाधान गर्न सीमारेखाको रेखांकन, सीमा क्षेत्रको नक्सा तथा आवश्यक संख्यामा सीमा स्तम्भ स्थापना गर्ने जिम्मेवारी दिइएको थियो। ‘नेपाल–भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भइसकेको छ। अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी छ।

जेटिसीले सीमा नक्साका आधारमा सम्पूर्ण सिमानाको निरीक्षण गरी सीमा स्तम्भको स्थिति विवरण तयार, भत्केबिग्रेका सीमा स्तम्भको मर्मतसम्भार, हराएका सीमारेखा स्तम्भहरुको पुनस्र्थापना र दसगजामा भएको अतिक्रमणको लगत तयार पारेको थियो। ‘सिमानाको स्ट्रिप नक्सा तयार पार्ने, नदी सिमानामा स्थिर सीमा सिद्धान्तका आधारमा सीमा यकिन गर्न स्ट्रिम नक्सामा सीमारेखा उतार्ने, सम्पूर्ण सीमा एकआपसमा देखिने गरी कायम गर्ने, सम्पूर्ण स्तम्भलाई पूर्वपश्चिम तर्फ क्रमबद्ध रुपमा नम्बर दिने कार्य जेटिसीले सम्पन्न गरेको थियो,’ भट्टले भन्नुभयो।

जेटिसीको समयावधि सन् २००७ मा सकिएको थियो। समायावधि सकिनुअघि जेटिसीले सन् २००७ मा सुस्ता र कालापानी क्षेत्रबाहेक अन्य क्षेत्रको सीमा नक्सा (स्ट्रिप म्याप) तयार गरी दुवै देशको प्राविधिक तहमा हस्ताक्षर भएको थियो। सन् २००७ सम्म जेटिसीले नेपाल–भारत सीमामा ६ हजार सीमा स्तम्भ निर्माण सम्पन्न गरेको थियो। जेटिसीको समय सकिएपछि सीमासँग सम्बन्धित बाँकी कार्य सम्पन्न गर्न सन् २०१४ मा संयुक्त बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) गठन गरिएको थियो।

सन् २०१४ मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल आउँदा बसेको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले बिडब्जुजी गठन गर्ने निर्णय लिएको थियो। २३ वर्षपछि बसेको संयुक्त आयोगको बैठकले सुस्ता र कालापानीको विवाद मिलाउनसमेत पहल गरेको थियो। बिडब्लुजीले निर्माण गर्न बाँकी २ हजार ५ सय ५३ सीमा स्तम्भ तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएको भए पनि यो अवधिमा ६ सय ३ वटा मात्र निर्माण गरेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *