सीपीसी र विश्वका राजनीतिक दलको शिखर वार्ता सम्मेलन पैचिङमा आयोजना हुने

ram naam satya
(GMT+08:00) 2017-11-25 18:14:59
      चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय कार्यालयका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलको शिखर वार्ता सम्मेलन आगामी नोभेम्बर तीस तारिखदेखि डिसेम्बर तीन तारिखसम्म पैचिङमा आयोजना हुने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो सम्मेलनको उद्घाटनमा उपस्थित भएर सम्बोधन गर्नुहुनेछ।       आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उप-प्रमुख को ये चौले उक्त कुरा जानकारी दिनुभएको हो। उहाँका अनुसार, सम्मेलन अवधिमा केन्द्रीय समितिका अरु नेता पनि उद्घाटन समारोह, सम्पूर्ण बैठक, समापन समारोहलगायत विभिन्न महत्वपूर्ण कार्यक्रममा उपस्थित हुनुहुनेछ। मानव भाग्य समूदायको स्थापना गरी राम्रो विश्वको संयुक्त रुपमा निर्माण गर्ने: राजनीतिक दलको शीर्ष सो सम्मेलनमा हालसम्म एक सय बीसभन्दा बढी मुलुकका दुई सयभन्दा बढी राजनीतिक दल र राजनीतिक संगठनका नेताले आफ्ना दर्ता गराएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *