सीपीसी केन्द्रिय समितिको राजनीतिक तथा विधान मामिला सम्मेलन पैचिङमा

ram naam satya
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक तथा विधान कार्य सम्मेलन 22 तारिख पैचिङमा आयोजना भएको छ। सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले महत्वपूर्ण निर्देशन दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक तथा विधान मामिला समितिका अध्यक्ष को शङ खुनले सो सम्मेलनमा सी चिन फिङको निर्देशनबारे सुनाउनुभयो।

सीले विभिन्न तहको राजनीतिक तथा विधान कार्य विभागले जनता केन्द्रित विकासको अवधारणा लिएर राष्ट्रिय राजनीतिक सुरक्षा संरक्षण गर्ने, समाजको कूल स्थिति स्थिर राख्ने, सामाजिक न्याय तथा निष्पक्षता बढाउने, जनताको आवास तथा रोजगारीको संरक्षणको काम राम्रोसँग गर्नुपर्ने दोहोर्‍याउनुभयो। साथै उहाँले न्यायिक प्रणाली सुधार गर्न गहन रूपमा सुरक्षित राजनीतिक वातावरण, स्थिर सामाजिक वातावरण, निष्पक्ष कानूनी वातावरण, उच्च गुणस्तरीय सेवामूलक वातावरणको स्थापना गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *