सीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता

ram naam satya
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जनवरी १६ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले बिगत एक वर्षमा समग्र रुपमा चीन-अमेरिका सम्बन्ध स्थिर रहेको र महत्वपूर्ण प्रगति हासिल भएको भन्दै चीन-अमेरिका सम्बन्धको स्वस्थ तथा स्थिर विकास दुई मुलुक तथा जनताको हितसँग अनुकूल रहेको बताउनुभयो। दुवै पक्षले उच्च तह तथा विभिन्न स्तर बीचको आवत-जावतलाई कायम राख्नुपर्ने तथा सुहाउँदो बेलामा दोस्रो चरणको वार्ताको आयोजना गर्नुपर्ने कुरा पनि सीले औँल्याउनुभयो।

यस अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध तथा अमेरिका र चीन बीचको सहयोगलाई उच्च महत्व दिएको बताउँदै चीनसँग मिलेर उच्च तह तथा विभिन्न स्तर बीचको आवत-जावतलाई सबल पार्न अमेरिका इच्छुक रहेको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले टेलिफोन कुराकानीमा कोरियाली प्रायद्वीप समस्याको उचित समाधानतर्फ अमेरिका लगायत अन्तर्राष्ट्रिय समूदायसँगै सहयोग गर्न चीन इच्छुक रहेको पनि प्रष्ट पार्नुभयो।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीप समस्यामा चीनको महत्वपूर्ण भूमिकालाई अमेरिकाले महत्व दिएको भन्दै चीनसँग निरन्तर रुपमा सम्पर्क तथा समन्वय गर्न अमेरिका इच्छुक रहेको स्पष्ट पार्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *