


चीनले अप्रिल ३० तारिख पैचिङमा भब्यताका साथ मे ४ आन्दोलन शतवार्षिकी समारोहको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले सो समारोहलाई सम्बोधन गर्दै एक सय वर्षअघि चीनको भूमिमा देश र विदेशका लागि आश्चर्यजनक मे ४ आन्दोलन सुरु भएको भन्दै त्यो चीनको निकट आधुनिक इतिहासमा युगान्तकारी महत्वपूर्ण घटना रहेको औँल्याउनुभएको छ।
सन् १९१९ को मे ४ तारिख पेरिस शान्ति सम्मेलनमा पै याङ सरकारको कुटनीतिक पश्चगमन र असफल भएको खण्डमा केही अग्रसर चिनियाँ युवा बौद्धिक व्यक्तिहरूले देशको परिधिमा देशप्रेमी महान क्रान्तिकारी आन्दोलन मच्चाएका थिए। विभिन्न स्थानका सर्वसाधारणले सक्रियताका साथ भाग लिँदै चीन राष्ट्रलाई खतरा र संकटबाट जोगाएका थिए।

मे ४ आन्दोलन चीनको पुरानो लोकतान्त्रिक क्रान्तिबाट नयाँ लोकतान्त्रिक क्रान्तिसम्म परिणत हुने मोड बनेकाले निकट युगदेखि चीनका लागि राष्ट्रिय स्वतन्त्रता, विकास र प्रगति हुने ऐतिहासिक प्रक्रियामा त्यसको कोसे ढुङ्गाको अर्थ रहेको छ।

