सीद्बारा कजाकिस्तानका प्रथम राष्ट्रपतिलाई “मैत्रीपूर्ण पदवी” प्रदान

ram naam satya
दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च हिजो अप्रिल २७ तारिख पैचिङको येन छी तालछेउ सफलताका साथ सम्पन्न भएको छ। तैपनि चीनका राष्ट्राध्यक्ष सी चिन फिङको “राष्ट्रनायकको कुटनीति” अझ जन बृहद् सभा भवनमा भइरहेको छ।राष्ट्राध्यक्ष सी चिन फिङले आज आइतबार बेग्ला बेग्लै गरी जिबुटीका राष्ट्रपति इस्मेल गेल्लेह, पाकिस्तानका प्रधानमन्त्री इम्रान खान, चेकका राष्ट्रपति मिलोस जेमान, ताज्किस्तानका राष्ट्रपति एमोमाली रहमोन, किर्गिज्स्तानका राष्ट्रपति सोरोन्बाइ जिन्बेकोभ र कजाकिस्तानका प्रथम राष्ट्रपति नुर्सुल्टान नाजार्बायेभसँग भेट-वार्ता गर्नुभएको छ।

यसबाहेक, राष्ट्राध्यक्ष सीले चिनियाँ जनताका पुराना साथी र राम्रा मित्र अर्थात् कजाकिस्तानका प्रथम राष्ट्रपति नाजार्बायेभका लागि “मैत्रीपूर्ण पदवी” वितरण समारोहको आयोजना पनि गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *