सीआरआई र चिनियाँ उड्डयन समूह लिमिडेटबीच सम्झौता

ram naam satya

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ उड्डयन समूह लिमिडेट कम्पनीले हिजो फेब्रुअरी बाह्र तारिख पैचिङ्गमा रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनको भावनालाई चौतर्फी व्यवहारमा उतार्दै चीनको श्रेष्ठ परम्परागत संस्कृतिको प्रचारप्रसार तथा प्रभाव शक्तिलाई मजबुत बनाउनका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ उड्डयन समूहले संयुक्त रुपमा उड्डयन संस्कृति व्यवसायमा दीर्घकालीन तथा स्थिर रणनीतिक सहयोगात्मक सम्बन्धको स्थापना गरेको हो। जसबाट अझ बढी उत्कृष्ट तथा रमाइलो कथालाई विश्वका विभिन्न स्थलतर्फ फैलाउन सकिने छ।

यो रणनीतिक सहयोगबोजिम चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सबै मिडिया र बहु भाषा मार्फत चिनियाँ उड्डन समूहद्वारा छ महादेश ढाकेको एयरलाइन संजालसँग मिलाइने छ। मुख्य गरी “बेल्ट एण्ड रोड इनिसिएटिभ”सम्बन्धी तटवर्ती क्षेत्र तथा मुलुकका एयरलाइन्समा बहु भाषी सेवा प्रदान गर्ने छ।

चिनियाँ उड्डयन समूह लिमिडेट कम्पनीसँग विश्वका 190 भन्दा बढी मुलुक तथा क्षेत्रसम्म पुग्ने जम्मा 1300 भन्दा बढी एयरलाइन रहेका छन्। सो एयरलाइन संजाल चिनियाँ कथा र चिनियाँ विचारधारण तथा चिनियाँ संस्कृतिलाई प्रचारप्रसार गर्ने महत्वपूर्ण माध्यम हो। भविष्यमा चिनियाँ उड्डयन समूह र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले संयुक्त विकास गर्दै चिनियाँ उड्डयन संस्कृति व्यवसायलाई विस्तार गर्नुका साथै चीनको राष्ट्रिय साँस्कृतिक विश्वासलाई स्वास्थ्य तथा तिब्र विकास गर्ने प्रयास गर्ने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *