सिरिया समस्यासम्बन्धी नयाँ चरणको वार्तामा संविधान र निर्वाचन प्राथमिकतामा

ram naam satya

(GMT+08:00) 2017-11-26 16:28:30
संयुक्त राष्ट्र संघका महासचिवको सिरिया समस्यासम्बन्धी उप-विशेषदूत राम्जि एजेलदिन राम्जिले अव सुरु हुने सिरिया समस्यासम्बन्धी नयाँ चरणको जेनेभा शान्ति वार्तामा संविधान र निर्वाचनका विषयबारे मुख्य गरी छलफल हुने जानकारी दिनुभएको छ।
पच्चीस तारिख सिरियाको राजधानी दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा राम्जिले उक्त कुरा बताउनुभएको हो। उहाँले राष्ट्रिय एकताबद्ध सरकारको गठन, संविधान संशोधन, पुनःनिर्वाचन, आतंकवाद प्रतिरोध यी चार विषय नै नयाँ चरणको शान्ति वार्ताका छलफलका मुख्य विषय भएपनि संविधान र पुनःनिर्वाचनलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।
उहाँले सिरियाको राजनीतिक प्रकृया जटिल र गाह्रो भएको बताउँदै नयाँ चरणको शान्ति वार्तामा सिरियाली सरकारले सक्रिय रुपमा भाग लिनसक्ने र विपक्षी दलहरुले एकीकृत प्रतिनिधिमण्डल गठन गरी वार्तामा भाग लिनसक्ने आशा आफूले गरेको उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *