सिरिया समस्यासम्बन्धी आठौं जेनेभा वार्ता ५ तारिखसम्मका लागि स्थगित

ram naam satya
(GMT+08:00) 2017-12-02 15:23:50

जेनेभामा आयोजित हुँदै आएको सिरिया समस्यासम्बन्धी आठौं चरणको वार्ता 2 तारिख स्थगित भएको छ। सिरिया सरकार र विपक्षी प्रतिनिधि मण्डलले विदाको समयमा जेनेभा वार्ताबारे अन्तरिक छलफल गरेका छन्। 5 तारिखदेखि जेनेभामा वार्ता पुनःसुचारु हुने संयुक्त राष्ट्रसंघका महासचिवका विशेष दूत स्टेफेन डी मिस्टुराले जनाउनुभयो।

प्राप्त जानकारी अनुसार, वार्ताको ठोस गतिविधिको हैसियतमा विशेष दूत मिस्टुराले दुवै पक्षसमक्ष कार्य योजना पेश गर्नुभएको छ। उक्त कार्य योजना सिरिया सरकार र विपक्षीबाट प्रस्तुत आ-आफ्ना विचारको आधारमा तर्जुमा गरिएको हो। वार्ता स्थगित हुँदाको अवधिमा सिरियाली सरकारी प्रतिनिधि मण्डलले स्वदेश फर्केर वार्ताको अवस्थाबारे छलफल गर्नेछ। साथै विपक्षीले पनि कार्य योजनाबारे आफ्नो अडानको समन्वय गर्नेछ।

यसैबीच चिनियाँ विशेषदूत स्ये स्याउ यानले उक्त जेनेभा वार्तामा भाग लिनुभएको छ। उहाँका अनुसार, उहाँले विशेषदूत मिस्टुरा, अमेरिका तथा रुसलगायत देशका प्रतिनिधि, सिरिया सरकार तथा विपक्षी प्रतिनिधि मण्डलसँग छुट्टा-छुट्टै रुपमा भेट-वार्ता गर्नुभएको छ। त्यसमा सिरिया सरकार र विपक्षीले वार्ता गर्ने इच्छा व्यक्त गरे पनि केही महत्वपूर्ण मामिलामा मतभेद देखिएको उहाँको ठहर छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *