सिरियाले रासायनिक हतियार प्रयोग गरेको अमेरिकी भनाइको रुसद्वारा विरोध

ram naam satya
रुसी रक्षा मन्त्रालयले हिजो जनवरी बीस तारिख सञ्चारमाध्यममा टिप्पणी सार्वजनिक गर्दै सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको समस्यामा अमेरिकाले दोषारोपण गरेको तर रुसले यसको विरोध गरेको उल्लेख गरेको छ।

अमेरिकी राज्य परिषद्का प्रवक्ताले जनवरी उन्नाईस तारिख व्यक्तव्य जारी गर्दै रुसले सिरियाका राष्ट्रपति बसार अल असदको सत्ताको संरक्षण गरेता पनि राष्ट्रपति असदले रासायनिक हतियार प्रयोग गर्दै आएको उल्लेख गरेका थिए। रुसी रक्षा मन्त्रालयले यससम्बन्धी प्रतिक्रिया प्रकाशित गर्दै अमेरिकाले गरेको दोषारोपण सामाजिक सञ्चारमाध्यममा फैलिएको हल्ला र सशस्त्र विद्रोहीको भनाइको आधारमा रहेको तर ती हल्ला र भनाइ प्रमाणित नभएको बताएको छ।

अमेरिकाले यस्तो दोष लगाउनु अगाडि ‘रासायनिक हतियारको निषेध सन्धि’लाई लागू गर्ने क्षेत्रमा अन्तर्राष्ट्रिय समाजसमक्ष नमूना स्थापित गर्नुपर्ने रुसी रक्षा मन्त्रालयले जोड दिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *