

सिरियाली सरकार विरोधी पहिलो सशस्त्र शक्तिले नौ तारिख पूर्वी गौता क्षेत्र छोडेको छ। यसअघि सुरक्षाका कारण ढिलो गरी पुर्याइएको उद्धार सामग्री पूर्वी गौताको सरकारी विरोधी सशस्त्र शक्तिबाट नियन्त्रित क्षेत्रमा पुगेको थियो।
सिरियाली राष्ट्रिय टेलिभिजन स्टेशनका अनुसार, तेह्र जना सरकार विरोधी सशस्त्र विद्रोहीहरू नौ तारिख राति पूर्वी गौताको दौमा क्षेत्र हुँदै सरकारी सेनाद्वारा खोलिएको वाफिन्दिन च्यानल पुगेर सुरक्षा जाँच भएपछि सरकारी गाडीमा बसेका थिए। रुसी सेनाले पूर्वी गौताबाट छोड्न सिरियाली सरकार विरोधी सशस्त्र शक्तिलाई आह्वान गरेपछि उनीहरूले सो क्षेत्र छोडेको यो पहिलो खेप हो।

पूर्वी गौता दमस्कसमा सिरियाली सरकार विरोधी सशस्त्र शक्तिको महत्वपूर्ण आधार इलाका हो। तत्स्थानमा लगभग चार लाख सर्वसाधारण बस्दछन् जहाँ खाद्यान्न र औषधिको निकै अभाव छ।
