सिङ्ताममा भव्यरुपमा ईश्वरम्मा दिवस पालन

सिङ्ताममा भव्यरुपमा ईश्वरम्मा दिवस पालन

ram naam satya

सिङ्ताम, 6 मई। श्री सत्य साई सेवा समिति सिङ्तामले आज माता ईश्वरम्मा दिवस भव्यरुपमा पालन गऱ्यो। सिङ्ताम ठाकुरबाड़ी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रम बिहान ओमकारम्, सुप्रभातम, नगर सक्रितन, दीप प्रज्जवलन, पञ्च मन्त्र अनि वेद पठनसँगै शुभारम्भ गरियो। यस कार्यक्रमको अवसरमा साई समितिका विभिन्न संस्थाहरुको सहभागितामा सिङ्ताम बजारमा भजन-किर्तन गर्दै एक विशाल शोभायात्रा आयोजित गरियो।

वेदम् प्रभारी डी. के. प्रधानद्वारा सञ्चालित यस कार्यक्रममा साई समितिका विभिन्न बाल विकासका नानीहरुद्वारा रङ्गारङ्ग आध्यात्मिक नृत्यहरु प्रदर्शित गरियो भने भजनहरु पनि प्रस्तुत गरियो। बाल दिवसको रुपमा आयोजित उक्त ईश्वरम्मा दिवसको अवसरमा दिपेन्द्र प्रधानले ईश्वरम्मा दिवसबारे महत्त्वपूर्ण जानकारी दिइयो भने बाल विकास विद्यार्थी प्रस्कृत धितालले आमा शीर्षकमाथि रोचक वक्तव्य दिए। वांशिकाद्वारा पनि रोचक वक्तव्य राखिएको उक्त कार्यक्रमलाई केन्द्रिय संगठनका पूर्व अध्यक्ष रतन प्रधानले पनि सम्बोधन गरेका थिए। उक्त कार्यक्रमलाई आर्यन बागदासद्वारा तबला बजाएर अझ आकर्षक बनाइएको थियो। यस कार्यक्रमको अवसरमा सिङ्ताम जिल्ला अस्पताल अनि साउने आयुर्बेदिक अस्पतालमा पनि खीर वितरण गरिएको थियो भने विभिन्न कार्यक्रममा अंशग्रहण गरेका बाल विकासका नानीहरुलाई प्रमाण पत्र अनि पुरस्कारहरु वितरण गरियो। भजन अनि मंगल आरती पश्चात आजको ईश्वरम्मा दिवस कार्यक्रमलाई समापन गरियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *