सिक्किम विश्वविद्यालयले ‘राष्ट्रिय प्रौद्योगिकी दिवस’ पालन गर्ने

सिक्किम विश्वविद्यालयले ‘राष्ट्रिय प्रौद्योगिकी दिवस’ पालन गर्ने

ram naam satya

गान्तोक, 09 मई। सिक्किम केन्द्रिय विश्वविद्यालयले आगामी 11 मईको दिन ‘राष्ट्रिय प्रौद्योगिकी दिवस 2019’ पालन गर्ने भएको छ। यहॉंको चिन्तन भवनमा पालन गरिने उक्त कार्यक्रममा राज्यपाल गङ्गा प्रसाद मुख्य अतिथि रहने छन्। यसैगरि, स्रोतवक्ताका रूपमा तीन विशिष्ट व्याख्याता उपस्थित रहने छन्।

विश्वविद्यालयका उपकूलपति प्रो. अभिनाश खरेले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार सिक्किम विश्वविद्यालयले पहिलोपल्ट उक्त कार्यक्रमको आयोजना गरिरहेको छ। स्वतन्त्रापछि देशले विज्ञान अनि प्रौद्योगिकीको क्षेत्रमा गरेको व्यापक प्रगतिलाई स्मरण गर्दै सो दिवस पालन शुरू गरिएको हो।

विशेषगरि, 1998 सालमा भारतले विज्ञान एवं प्रौद्योगिकीको क्षेत्रमा ठूलो फड़को मारेको र भारत विश्वकै छैटौं परमाणु राष्ट्र बन्न पुगेको उपकुलपति प्रो. खरेले बताए। उनले अझ बताए अनुसार यस अघि पनि भारतले परमाणु परीक्षण गरेको थियो, तर यसलाई स्वीकृति प्राप्त भएको थिएन। मई, 1998 सालमा गरिएको परमाणु परीक्षणपछि भारतलाई विश्वले एक परमाणु राष्ट्रको रूपमा स्वीकार गरेको हो।

उनले यो भारतको निम्ति महत्वपूर्ण माइल खुट्टी एवं उपलब्धी रहेको बताए। यसपछि, 11 मई, 1999 सालदेखि ‘राष्ट्रिय प्रौद्योगिकी दिवस’ पालन शुरू गरिएको उनले बताए। यो दिवस पालन गर्नुको मुख्य उद्देश्य जनसाधारणलाई भारतले विज्ञान अनि प्रौद्योगिकीको क्षेत्रमा गरिरहेको प्रगतिबारे अवगत गराउनु रहेको प्रो. खरेले जानकारी दिए। 

उनले 11 मईको दिन विद्यार्थीहरूबीच सम्बन्धित विषयमा प्रश्नोत्तर प्रतियोगिता, तर्क प्रतियोगिता आदि कार्यक्रमहरू आयोजना गरिने बताए। यसैगरि, आरएमआरसी, नरेन्द्रपुरबाट प्रो. पार्थशारथी मुखोपाध्यायले ‘प्राचीन भारतीय गणितको झलक’, इश्रो, बेङ्गलोरबाट प्रो. आरआर नवलगुण्डले’भारतीय अंतरिक्ष कार्यक्रम: भूत, वर्तमान अनि भविष्य’ तथा पञ्जाब विश्वविद्यालयबाट प्रो. राकेश तुलीले ‘डिजाइनिङ फ्यूचर लाइफ फर्म्स’ माथि वार्ता प्रस्तुत गर्नेछन्।
 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *