सिक्किम दक्षिण एशियाको दुई मुलुक नेपाल र बङ्गलादेशी पर्यटकहरूको पहिलो रोजाई

सिक्किम दक्षिण एशियाको दुई मुलुक नेपाल र बङ्गलादेशी पर्यटकहरूको पहिलो रोजाई

ram naam satya

गान्तोक, 13 अप्रेल। हिमाली राज्य सिक्किमको आम चुनाउ समाप्ति सितै पर्यटकहरूको आगमनमा वृद्धि भएको छ भने अन्तरराष्ट्रिय पर्यटकहरूको आगमनमा बढोत्तरी भएको छ। गत वर्षको अन्तमा मात्र छिमेकी मुलुक बङ्गलादेशबाट पनि पर्यटकहरू सिक्किम आउन पाउने अनुमति प्रदान गरिएपछि सिक्किमको सुन्दरतासित रमाउन आउने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ। यत्तिखेर सिक्किम दक्षिण एशियाका दुइ मुलुक नेपाल र बङ्गलादेशका पर्यटकहरूको पहिलो रोजाईको पर्यटन गन्तव्य बनेको छ।

अहिले राजधानी गान्तोक वरपर मात्र सयौं संख्यामा बङ्गलादेशी र नेपाली पर्यटकहरू आउने गरेका छन्। यसैगरि उनीहरूले छाङ्गु लगायत अन्य हिमाली भेगहरूको भ्रमण गरिरहेका छन्। विशेष गरेर नेपाली पर्यटकहरूले सिक्किमको चारधाम, बुद्ध पार्क, चेरेजीको प्रतिमास्थल लगायत गान्तोक वरिपरिको विभिन्न पर्यटकीय गन्तव्य तीर्थयात्रीको रूपमा भ्रमण गर्न रूचाउने गरेको पर्यटन हित धारकहरूको भनाइ छ।

यसैसन्दर्भमा आज सिक्किमका राजधानी गान्तोक वरपर पर्यटकीय गन्तव्यहरूमा पर्यटकहरूसितको पत्रकारहरूले कुराकानी गरेका छन्। जसमा नेपाली अनि बङ्गलादेशी पर्यटकहरूले सिक्किमको खुलेर प्रशंसा गरेका छन् भने सिक्किमलाई विश्वकै सुन्दर ठाउँहरूसित पर्यटकहरूले तुलना गरेका छन्।

राजधानी गान्तोक नजिक टासी भ्यू पोइन्टमा पर्यटकहरूको निम्ति खुजुरा पसल थापेर बसेका युवाले यो पालीदेखि सिक्किममा बाह्रमासे पर्यटन मौसम शुरु भएको दाबी गरेका छन्। उनले योपाली कुनै महिना पर्यटक विहिन खाली नभएको हुनाले अब सिक्किममा बाह्रमासे पर्यटन शुरु भएको दाबी गरेका छन्।

यद्यपी अहिलो छाङ्गुमा वसन्त जान लाग्दा पनि हिउँ परिरहेको कारण पर्यटकहरूलाई आकर्षण गरिरहेको छ। यसै गरि उत्तर सिक्किमको गुरुदोङमार र युमथाङसम्म पर्यटकहरू जान सक्ने गरि बाटो नखोलिएको कारण पनि पर्यटकहरूलाई अझै कुर्नु पर्ने देखिएको छ। यसैगरि पर्यटन हित धारक तेञ्जिङ लामा अनुसार हिजो शुक्रबार युमथाङको निम्ति पर्यटकहरूलाई परमिट जारी गरिएको भए पनि आज बिहान पुन वाहन छिर्न नसकेको तथा हिउँ व्यापक रूपमा रहेको कारण अझै केही समय लाग्ने देखिएको बताएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *