सिक्किमे छोरो मङ्गलजित राई बने  एनसीडीसीआईको अध्यक्ष

सिक्किमे छोरो मङ्गलजित राई बने एनसीडीसीआईको अध्यक्ष

ram naam satya

सिङ्ताम 16 अप्रेल। सिक्किमका मंगलजित राई फेरि बने एमसीडीसीआईको अध्यक्ष। राष्ट्रिय दुग्ध उत्पादक एंव वितरक सहकारी महासंघ (एनसीडीसीआई) भारतका छैटौं अध्यक्षको पदमा सिक्किमका एक उर्जावान युवा मंगलजित राई गत 4 अप्रेल 2019 -को दिन आनन्द गुजरातमा भएको चुनाउ प्रक्रिया मार्फत निर्वाचित बनेर सिक्किमलाई देशमा चिन्हित गराउन सक्षम बनेका छन्। यसभन्दा अघि पनि 2017 -मा भएको उपचुनाउमा पनि मंगलजित राई अध्यक्षको पदमा निर्वाचित भएका थिए अनि छोटो कार्यकालमा उनले उक्त महासंघको कारोबारलाई 37 प्रतिशतबाट बढ़ाएर 52 प्रतिशत बनाउन सफल बनेको प्रतिफलमा महासंघका सदस्यहरुले यसपटक पनि मंगलजित राईलाई भोट हालेर अध्यक्ष बनाए। मंगलजित राईले आफ्नो प्रतिद्वन्दी छत्तीसगढ़का रसिक परमारलाई सहजै पराजित गरेका हुन्। अहिले भारतवर्षभरि जम्मा 163 लाख दुग्ध उत्पादक, 166 लाख ग्राणीणस्तरका पञ्जीकृत सहकारी समिति 218 जिल्लामा विस्तारीत संघ छन् तथा २७ राज्यमा सफलताका साथ सञ्चालित यस सहकारी महासंघको प्रतिनिधित्व अब सिक्किमका मंगलजित राईले गर्नेछन् जो सिक्किम र सिक्किमेहरुका निम्ति गर्वको कुरो हो। अहिले भारतवर्षमा 19 राज्यस्तरीय सहकारी महासंघ छन् अनि 11 हिस्सेदार (एसोसिएट मेम्बरहरु) उत्पादक एंव वितरक संघहरु छन्। राज्यस्तरीय सहकारी महासंघका अध्यक्षहरुबाट प्रथम चरणमा कुल 8 समिति अध्यक्ष निर्वाचित हुन्छन्। उक्त निर्वाचित 8 अध्यक्ष लगायत राष्ट्रिय दुग्ध विकास समितिका 1 प्रतिनिधि गरेर जम्मा 9 समिति सदस्य मात्र उक्त चुनाउमा अंशग्रहण गर्ने प्रक्रिया राष्ट्रिय महासंघको छ। महासंघको प्रावधानअनुरुप श्री मंगलजित राईको पक्षमा सम्पूर्ण क्षेत्रबाट नै सक्षम एंव उर्जावान ठहर गर्दै मतदान गरेका थिए। अब मंगलजित राईले भारतवर्षका सबै उत्पादक एंव कारोबारीहरुको हितमा काम गर्ने अनि विशेष उत्तर- पूर्वीय राज्यहरुलाई पनि ध्यान दिने बताएका छन्। ‌यसरी राष्ट्रिय सहकारी महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुने खाम्दोङ, पूर्व सिक्किम निवासी श्री मंगलजित राई सिक्किमका पहिलो व्यक्ति हुन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *