सिक्किमको शान्ति सुरक्षा यथावत राख्न एसडीएफले बनाउने प्रत्येक समष्टिमा शान्ति सुरक्षा समिति

सिक्किमको शान्ति सुरक्षा यथावत राख्न एसडीएफले बनाउने प्रत्येक समष्टिमा शान्ति सुरक्षा समिति

ram naam satya

गान्तोक 25 अप्रेल। हिमाली राज्य सिक्किममा पछिल्लो 25 वर्षदेखि लगातार सत्ताको रथ हाँकिरहेको सिक्किम प्रजातान्त्रीक मोर्चा (एसडीएफ)ले आउँदो 23 मईको दिन हुने चुनाउ परिणाममा पनि जनताको पूर्ण विश्वाससित जनादेश प्राप्त गरि मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा छैटौं पटक सरकार गठन गर्ने विश्वास व्यक्त गरेको छ।

एसडीएफ प्रवक्ता केटी ग्याल्छेनले एसडीएफले पूर्ण बहुमतमा सरकार गठन गर्ने तथा लोक सभा आसनमा पनि राम्रो मतले जित दर्ता गर्ने बताए। आज एसडीएफ मुख्यालयमा मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङको अध्यक्षतामा पार्टीको कार्यकारी समितिको बैठकमा शान्ति सुरक्षालाई यथावत बनाएर विश्व उदाहरण बचाई राख्न पार्टी संकल्पित रहेको भन्दै चाँडै राज्यको सबै समष्टिमा शान्ति सुरक्षा समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता केटी ग्याल्छेनले बताए। बैठख पछि पत्रकारहरूसित कुराकानी गर्दै प्रवक्ता ग्याल्छेनले सिक्किमको शान्ति सुरक्षालाई यथावत राख्न र अझ बलियो बनाउन एसडीएफले पार्टीगत रूपमा यो समिति गठन गर्न निर्णय गरेको बताए। जसमा दुइ हजार जति शिक्षित युवा, जिल्ला पञ्चायत, अवकाशप्राप्त सरकारी अधिकारी तथा शिक्षकहरूलाई लिएर गठन गरिने समितिले प्रत्येक क्षेत्रको हरेक स्थितिमा शान्ति सुरक्षालाई कायम राख्ने अनि प्रशासनलाई मद्दत गर्ने कार्य गर्ने बताए। कुनै राजनैतिक कारण तथा व्यक्तिगत कारणले पनि गाँउ ठाउँमा झै झगडा हुन नदिने तथा कुनै घटना होला जस्तो भए त्यसलाई सम्झाई बुझाई रोकथाम गर्ने जस्ता कार्यको निम्ति पनि यो समितिले पहल गरेर सिक्किमको शान्ति सुरक्षालाई व्यवस्थित बनाइ राख्ने जिम्मेवारी वहन गर्ने उनले बताए।

यसैगरि उनले एसडीएफ पार्टीको संविधानके केही बुँदाहरू संसोधन गर्ने तथा आउँदो दिनमा गठन भएको सरकारमा पार्टी प्रमुख हुने तथा पार्टीको निर्णयले सरकारलाई दिशा निर्देश दिने पनि बताए। अर्कोतिर आउँदो सरकारमा एसडीएफ पार्टीले युवा र कार्यकर्ताहरूलाई अधिक क्षमता र सक्रिय रूपमा पार्टीको जिम्मेवारी हस्तान्तरण गरेर सशक्तिकरण गर्ने पनि संविधानमा संसोधित बुँदामा समावेश गरिने बताए। पार्टीमा धेरै उपाध्यक्ष र महासचिवहरूको पदलाई पनि छटनी गरेर सीमित तर प्रभावशाली बनाउने बैठकमा निर्णय गरिएको बताए। यसका साथै पार्टी अध्यक्ष पवन चामलिङले सिक्किमको शान्ति सुरक्षाको निम्ति प्राथमिकताको आधारमै समिति गठन पछि प्रभावशाली रूपमा कार्य गर्ने निर्देश जारी गरिसकेको पनि उनले बताए। यो समिति गठन प्रक्रिया चाँडै शुरु गर्ने तथा चुनाउको परिणाम पछि पनि समिति गठन प्रक्रिया जारी रहनुपर्ने निर्देश दिएको बताए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *