

हिजो डिसेम्बर तीन तारिख चौथो विश्व इन्टरनेट सम्मेलनमा चीन,लाओस,साउदी अरबिया,सर्बिया,थाइल्याण्ड,टर्की,सक्युक्त अरब इमिरेटस लगायत मुलुकहरुका सम्बन्धित विभागहरुले संयुक्त रुपमा “बेल्ट एण्ड रोड इनिसिएटिभ डिजिटल अर्थतन्त्र सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगात्मक प्रस्ताव”प्रस्तुत गरेका छन्। जसबाट “डिजिटल सिल्क रोड”सम्बन्धी सहयोगले नयाँ अध्याय सुरु गरेको मानिएको छ।
यो प्रस्ताव अनुसार, डिजिटल अर्थतन्त्र विश्वको आर्थिक बृद्धिका लागि दिन प्रतिदिन मह्त्वपूर्ण शक्ति बन्दै आएको छ।

यो प्रस्तावका विषयहरुमध्ये ब्रोडब्याण्ड पहुँचको विस्तार गर्ने, ब्रोडब्याण्डको गुणस्तर उकास्ने, परम्परागत अर्थतन्त्रलाई डिजिटलमा परिणत गर्ने , इ व्यापार सम्बन्धी सहयोगलाई प्रवर्द्धन गर्ने, मध्यम तथा साना व्यवसायको विकास बढाउने र डिजिटल प्रबिधि सम्बन्धी तालिमलाई मजबुत पार्ने विषयहरु समावेश छन्।
