सातौं चिनियाँ अध्ययनका लागि विश्व मञ्च शाङहाइमा आयोजित

ram naam satya
(GMT+08:00) 2017-12-11 16:24:51

        सातौं चिनियाँ अध्ययनका लागि विश्व मञ्च हिजो दश तारिख चीनको शाङहाइमा शुरु भएको छ। यस पटकको मञ्चको मुख्य विषय “नयाँ युगको चीन” हो। तीसभन्दा बढी मुलुक र क्षेत्रका एक सय असी जना भन्दा बढी चिनियाँ अध्ययन तथा हान अध्ययन विद्वानहरु यस पटकको मञ्चमा सहभागी हुनुभएका छन्।

चिनियाँ राज्य परिषद प्रेस कार्यालयका प्रमुख च्याङ च्येङ कोले उद्घाटन समारोहमा सम्बोधन गर्दै नयाँ युगको चीनको चार वटा मुख्य शब्द रहेको बताउनुभएको थियो। उहाँले ती शब्दहरू नयाँ विचार, नयाँ दावी, नयाँ उद्देश्य र नयाँ इच्छा भएको बताउनुभयो। साथै उहाँले चार वटा प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो। ती प्रस्तावहरू यस्ता छन्। पहिलोः चीनको उत्कृष्ट कथाहरुलाई राम्ररी बताउने तथा अध्ययन गर्ने, दोस्रोः चीनको उत्कृष्ट सपनाहरुलाई राम्ररी अध्ययन गर्ने तथा जानकारी दिने, तेस्रोः चीनको मूल्य अवधारणाको राम्ररी अध्ययन गर्ने, र चौथोः चीनको विश्व भावनालाई राम्ररी अध्ययन तथा प्रसारण गर्ने छन्।

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एवम् अमेरिकी एशिया संस्था नीति अध्ययन केन्द्रका प्रमुख केनविन रुदले “नयाँ युगको नयाँ चिनियाँ अध्ययन” मुख्य विषयमा सम्बोधन गर्नुभएको थियो। उहाँले नयाँ युगको चिनियाँ अध्ययनलाई बढाउने सुझाव प्रस्तुत गर्नुभयो।

मञ्चमा “एक क्षेत्र एक पेटी” सम्बन्धि प्रस्तावबारे श्रीलंकाका पूर्व सहायक विदेश मन्त्री निहालले श्रीलंका “एक क्षेत्र एक पेटी” सम्बन्धित् मुलुक भएको र श्रीलंकाका लागि पोर्ट अर्थव्यवस्था धेरै महत्वपूर्ण छ भन्दै चीनसँगको पोर्टसम्बन्धमा सहयोगले श्रीलंकाको आर्थिक, व्यापार तथा पर्यटनका लागि धेरै फाइदा ल्याउने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *