सहकारीमार्फत उद्यमशीलता बढाइने प्रतिबद्वता !

ram naam satya

काठमाडौं : सहकारीमार्फत सीप र पुँजीलाई उद्यमशीलतामा लगाउँदै उत्पादनमा बढाइने प्रतिबद्वतासहित सातबुँदे प्रतिबद्वता जारी गर्दै राष्ट्रिय महिला गोष्ठी सकिएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को आयोजनामा भएको ‘सहकारीमार्फत आर्थिक समावेशीकरण र उद्यमशीलता विकास’ विषयक दुईदिने गोष्ठीले सातबुँदे प्रतिबद्धता पत्र जारी गरेको हो। त्यसैगरी गोष्ठीले महिला उद्यमीहरूलाई बजारको मूल प्रवाहमा ल्याउन साकोस उद्यमी सञ्जाल बनाउने प्रतिबद्वता पनि व्यक्त गरेको छ।

गोष्ठीले प्रारम्भिक संस्थामा वित्तीय साक्षरता प्रदान गर्न पहल गर्ने, हरेक दुई वर्षमा राष्ट्रिय महिला गोष्ठी सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गरेको छ। त्यस्तै, सहकारीका हरेक तहमा महिला सहभागिता एवम् नेतृत्व विकासको प्रत्याभूति गर्दै स्थानीयस्तरसम्म विश्व महिला सञ्जाल गठन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

प्रारम्भिक संस्थालाई गुणस्तरीय बनाउनुका साथै नेपालको संविधान २०७२ र सहकारी ऐन २०७४ ले गरेको महिला सहभागितासम्बन्धी व्यवस्था आ–आफ्नो संघसंस्थामा कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्वता पत्रमा उल्लेख गरिएको छ।

गोष्ठी समापन कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहकारीले आर्थिक समावेशीकरणका साथै सामाजिक परिवर्तन क्षेत्रमा काम गर्न आवश्यक रहेको औँल्याए। लैंगिक विभेदले महिलालाई मात्र होइन, देशलाई नै पछाडि पारेको उनको भनाइ थियो। ‘महिला सशक्तीकरणको सवाल मात्र होइन, देश विकास कसरी गर्ने भन्ने कुरा अहिलेको मुख्य आवश्यकता हो,’ उनले भने। सहकारीमार्फत उद्यमशीलता सिर्जना गर्दै राष्ट्रिय समस्या हल गर्न सकिने उनको दाबी थियो।

नेफ्स्कुनका उपाध्यक्ष पार्वती खाणले महिला नेतृत्व बढाउने गरी नेफ्स्कुनले काम गरिरहेको बताइन्। ‘हामी एक दशकमै सहकारीमा महिला नेतृत्व व्यापक बनाउनेछौँ’ उनको प्रतिबद्धता छ।

कार्यक्रममा बोल्दै नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले बचत सहकारीलाई अनुदान दिनबाट रोक्नु गलत भएको बताए। ‘अब नियमावली बन्ने क्रममा बचत सहकारीलाई पनि अनुदान दिने व्यवस्था गरिनुपर्छ,’ उनले भने, ‘बचत सहकारीले उत्पादनमा लगानी गर्ने भएकाले बचत सहकारीलाई अनुदान रोक्नु हुँदैन।’ साकोसलाई गुणस्तरीय, सर्वसुलभ सेवा दिनका लागि नेफ्स्कुनले फिल्ड कार्यालय बढाउँदै लगेको उनले बताए।

नेफ्स्कुनका सञ्चालक तथा महिला उपसमिति संयोजक शान्ति अधिकारी ढकालले नेतृत्व विकास र उद्यमशीलता प्रमुख भएको बताउँदै गोष्ठीपश्चात् सहकारीमार्फत उद्यमशीलता बढ्नेमा विश्वास व्यक्त गरिन्।

दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा ६ वटा कार्यपत्र प्रस्तुत भएका थिए। नेफ्स्कुनका सञ्चालक शान्ति अधिकारी ढकालले, नयाँ सहकारी ऐन २०७४ मा महिला सहभागिता र लगानीको प्रवद्र्धन, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्णले, सहकारीमा महिला उद्यमशीलता विकासको सम्भावना र चुनौती, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले, सहकारी क्षेत्रको प्रबद्र्धनमा स्थानीय तहको भुमिका र दायित्व विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यस्तै, एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भिसान रोक्यले सहकारी मार्फत वित्तीय समावेशीकरणको अभिवृद्धि, अधिवक्ता एवं प्रा. रीता मैनालीले महिलाहरूले आत्मसम्मानका साथ काम गर्न पाउने अधिकार र महिला विकास समाज नेपालका अध्यक्ष पूर्णशोभा चित्रकारले महिलाको व्यावसायिक नेतृत्व विकास विषयमा कार्यत्रपत्र प्रस्तुत गरे।
साभार : अन्नपूर्ण पाेष्ट अनलाइनबाट

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *