समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा

समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा

ram naam satya

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरणपछि नामाकरण गरिएको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ।

एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा.बाबुराम भट्टराई भएको बताइएको छ। यसैगरी वरिष्ट नेतामा अशाेक राई तथा पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहनुभएको छ। उपाध्यक्षमा ८ जनालाई चयन गरिएको छ। उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहनुभएको जनाइएको छ। यसबाहेक तीन जना महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कंङदङ्वा, रामसहायप्रसाद यादव हुनुहुन्छ। भने उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी ३ जना नै रहनुभएको छ।

पार्टीको सचिवमा संघीय सरकारका वर्तमान शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह गरी ४ जना रहनुभएको छ। पार्टीको कोषाध्यक्षमा प्रदेश नम्बर २ का अर्थ मन्त्री विजय यादवले जिम्मेवारी पाउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *