

चीनका सर्वोच्च नेता सी चिन फिङले अप्रिल ३० तारिख मे ४ आन्दोलन शतवार्षिकी समारोहमा सम्बोधन गर्नुभयो। उहाँका अनुसार, चीनका विभिन्नस्तरीय पार्टी समिति र सरकार तथा पूरै समाज युवाका मन बुझ्ने व्यक्ति बनेर युवाहरूसँग प्रत्यक्ष वैचारिक आदान-प्रदान गर्नुका साथै उनीहरुको सुझाव तथा विचार सुनुवाइ गर्नुपर्छ।
यद्यपि कडा वा निष्पक्ष आलोचना सुने तापनि ठीक सुझावबमोजिम सुधार गर्नुका साथै बेठीक सुझावद्वारा आफूलाई निगरानी गर्नुपर्छ। जसरी युवाका लागि सत्य कुरा सुन्ने र सदिच्छापूर्ण भावना आदान-प्रदान गर्ने र मन बुझ्ने व्यक्ति बन्नुपर्छ। स्नातकपछि रोजकारी गर्ने, व्यापार सुर गर्ने, सामाजिक सेवा गर्ने, प्रेम र विवाह गर्ने, वृद्धहरूलाई सहयोग गर्ने, बालबच्चा हुर्काउने आदि समस्याको सामना गर्न युवालाई सहयोग गर्नुपर्छ। युवालाई शिक्षित गरेर उचित रूपमा विश्वबारेमा बुझाइ, चौतर्फी रूपमा राष्ट्रिय परिस्थितिको बुझाइ र युगको सग्रम प्रवृति बुझाइ हुनुपर्छ। कठोर र महत्वपूर्ण पद तथा क्षेत्रमा काम गर्ने युवालाई उत्साहित गर्नुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।
