

———– भरत दाहाल, राजनीतिक विश्लेषक
(GMT-8:00) 2017-11-15 20:47:55

कसैले भ्रष्टाचार गरिएकाे देशकाे सबै सम्पत्ति फिर्ता गर्छु भनेकाे छ ?
कसैले ६३ हजार हेक्टर जमिन इण्डियनहरूबाट फिर्ता गर्छुँ भनेकाे छ ?
कसैले नेपालमा नांगाे नाँच देखाउने दूताबास बन्द गर्छु भनेकाे छ ?
कसैले इण्डयासंगकाे खुला सिमाना बन्द गर्छु भनेकाे छ ?
कसैले तराइ डुबानका कारक इण्डियन बाँधहरू बन्द गराउँछु भनेकाे छ ?
कसैले कालापानीबाट इण्डियन फाैज हटाउने कुरा गरेकाे छ ?
कसैले नेपाल भँडुवा INGO, NGO हरू खारेज गर्छु भनेकाे छ ?
कसैले इण्डिया र ब.रा.कं.हरूसंगका खराब संझाैता खारेज गर्छु भनेकाे छ ?
कसैले दासढुंगा र दरबार हत्याकाण्डबारे मुख खाेलेकाे छ ?
कसैले मतदाताकाे प्रत्याह्वान, अस्विकार र विकल्प छान्ने अधिकारकाे पक्ष लिन्छु भनेकाे छ ?

सबै उनै शक्तिकेन्द्रका मानस-पुत्रहरू हुन्। नेपालकाे समस्यामा सबै माैन। गुदि लुकाउने, बाेक्राे देखाएर नागरिक फुटाउने। विदेशीहरूले निरपेक्षता, सापेक्षता, लाेकतन्त्र, वामपन्थ, संघीयता, एकात्मकताका बुकुराहरू बनाएर बेबकुफ बनाउँदै अाए जस्ताे हाे चुनावी अाराेप प्रत्याराेप। एकातिर रूष्ट भएका मानिसहरूलार्इ अर्काे बुकुरामा रूमल्याउने विदेशी खेल हाे याे।
