सन् 2020सम्म “नीलो आकाश सुरक्षित” राख्ने चिनियाँ कार्ययोजना तर्जुमा

ram naam satya

दश तारिख जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य एवम् वातावरण सुरक्षा उपमन्त्री ह्वाङ रोङ छ्यौले चीनको वायु प्रदूषण नियन्त्रण अझै निकै कठिन योजना भएको बताउँदै सन् 2020 सम्म “नीलो आकाशलाई सुरक्षित” राख्ने सम्बन्धी तीन वर्षीय कार्य योजना तर्जुमा गरिरहेको जानकारी दिनुभएको छ।

उहाँले विगत केही वर्षभित्र चीनले वायु प्रदूषण नियन्त्रणमा चालेको कदमबाट चीनको नीलो आकाश बढ्दै गएको बताउनुभयो। उहाँले चीनका 338 वटा शहरको वायुमण्डलीय गुणस्तर संख्या एक तिहाइ पनि नपुगेकोले अझै पनि चीनको वायु प्रदूषण नियन्त्रणको कार्य धेरै कठिन कार्य रहेको बताउनुभयो।

उहाँले आगामी समय चीनको वायु प्रदूषण नियन्त्रणको मुख्य औद्योगिक संरचना, ऊर्जा श्रोतको संरचना तथा यातायात ढुवानी संरचनामा परिवर्तनको समय भएको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *