सन् 2018 एपेकको पहिलो उच्चस्तरीय नेता सम्मेलन पापुआ न्यूगिनीमा

ram naam satya

सन् 2018 एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक संगठन अर्थात एपेकको पहिलो उच्चस्तरीय नेता सम्मेलन नौ तारिख पापुआ न्यूगिनीको राजधानी पोर्ट मोरेस्बिमा आयोजना गरिएको छ।

उदारीकरणको मौका लिएर डिजिटलाइजेशनको भविष्य अँगाल्ने मुख्य विषयक दुई दिने सम्मेलनका लागि चीन लगायत विभिन्न सदस्य मुलुकका प्रतिनिधिमण्डलले सन् 2018 एपेकको नैतिक दिशा र कार्यक्रमहरू तय गरेका छन्। हालसम्मको अन्तर्क्रिया स्तरलाई बढाएर क्षेत्रीय आर्थिक एकीकरणलाई गहन पार्ने, उदार र दीगो विकासलाई बढाउने, रचनात्मक सुधार गरी उदार वृद्धि बढाउने, मानव अन्तर्क्रियालाई बढाएर मानव पूँजी विकासलाई तीव्र पार्ने यी चार नीति निश्चित भइसकेको छ।

यसैबीच आगामी नोभेम्बरमा पापुआ न्यूगिनीले पहिलो पटक एपेकको शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *