

चीनको राष्ट्रिय हरियाली समिति कार्यालयले सन् 2017 चीनको राष्ट्रभूमि ग्रिनिङ अवस्थाबारे विज्ञप्ति सार्वजनिक गरेअनुसार, चीनको राष्ट्रभूमि ग्रिनिङ कार्यको नयाँ उपलब्धि हासिल भएको छ भने सन् 2017 देशभरि 73लाख 62 हजार हेक्टर वृक्षारोपण भएको छ।
उक्त विज्ञप्तिका अनुसार, सन् 2017 सारा जनताबीच स्वैच्छिक वृक्षारोपण कार्यक्रम अघि बढाएर विभिन्न क्षेत्रले विभिन्न तरिकामार्फत सम्बन्धित कार्यक्रमको आयोजना गरेका छन्। साथै वन उद्योगको पर्यावरण परियोजना पनि स्थीर रुपमा चलिरहेको छ। चीनभरिका प्राकृतिक वनस्पतिलाई संरक्षण मात्रामा राखिएको छ। पैचिङ र थ्येन चिन क्षेत्रको बालुवाटार नियन्त्रण परियोजनाको संचालन गर्दा एक लाख 85 हजार हेक्टरको वृक्षारोपण गरेको छ र त्यसबाट स्पष्ट उपलब्धि हासिल भएको छ।

