

चिनियाँ सूचना तथा सञ्चार अनुसन्धान प्रतिष्ठानले नौ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् 2017 चीनको बजारमा मोबाइल फोनको परिचालन 49 करोड 10 लाख वटा पुगेको र बजारमा 1054 किसिमको नयाँ मोबाइल फोन सार्वजनिक गरिएको छ जुन सन् 2016को तुलनामा 12.3प्रतिशत र 27.1 प्रतिशतले घटेको छ।
सन् 2017 डिसेम्बर महिना चीनको ट्रेड मार्काका मोबाइल फोनको शिपमेन्ट 3 करोड 56 लाख 20 हजार पुगेको छ भने सन् 2016को तुलनामा 36.4प्रतिशत घटेको छ।
तथ्यांक कम्पनी काउन्टरपोइन्टले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सामसुङ सधैं नै विश्वको पहिलो स्थानमा रहेको छ भने बजार शेयर 21 प्रतिशत पुगेको छ। विश्वमा आईफोन एक्सको बिक्री मात्रा 22 करोड 30 लाख पुग्ने छ भने बजार शेयर 12 प्रतिशत पुग्ने छ।
