सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव फेला

ram naam satya

विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ जनाको शव पनि भेटिएको छ। सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा हालसम्म ४ जनाको शव भेटिएको जानकारी दिएको हो।

बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेका टोलीले सफाइको क्रममा हालसम्म ४ जनाको शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो।

वैशाख १ गतेदेखि नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले सुरू गरेको सो सफाइ अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ। अभियान अन्तर्गत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिब १ हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ। सफाइ अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *