


यस वर्षको अप्रिल महिना हाइनान स्वतन्त्र व्यापार क्षेत्रले निर्माण शुरु गर्ने एक वार्षिकोत्सव हो। गत अप्रिल तेह्र तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हाइ नान प्रान्तद्वारा आयोजना भएको आर्थिक विशेष क्षेत्रको तीसौं वार्षिकोत्सव सम्मेलनमा महत्वपूर्ण भाषण दिनुभएको थियो। यसका साथै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदले《हाइनान प्रान्तको सुधार तथा खुलापनको चौतर्फी गहन पार्ने निर्देशन सुझाव》सार्वजनिक गरेको थियो। सोही वर्षको अक्टोबर 16 तारिख राज्य परिषदले《चीनको हाइनान स्वतन्त्र व्यापार परिक्षण क्षेत्रको समष्टिगत योजना》प्रकाशन गरेको थियो। यी श्रृंखलावद्ध कदमले हाइनान प्रान्तको सुधार तथा खुलापनको नयाँ महत्वपूर्ण जिम्मेवार र कार्यभारको बन्दोबस्त गरेको देखिन्छ।
राष्ट्राध्यक्ष सीको महत्वपूर्ण भाषणका अनुसार सम्पूर्ण हाइनान द्वीपले स्वतन्त्र व्यापार परिक्षण क्षेत्रको निर्माणका लागि संस्थाको अभिनवलाई केन्द्रको रुपमा लिनुपर्छ। हाइनानलाई अझ ठूलो सुधार स्वायत्त अधिकार प्रदान गर्दै हाइनानमा कानूनी,अन्तर्राष्ट्रिय,सुविधाजनक वाणिज्य वातावरण र न्याय खुल्ला एकिकृत प्रभावकारी बजारमूलक वातावरण सिर्जना गर्नका लागि प्रयास गर्नुपर्छ। स्वतन्त्र व्यापार क्षेत्रको निर्माणका लागि संस्थाको अभिनवसँग कस्तो महत्व रहेको छ त?यसप्रति हाइनान प्रान्तको स्वतन्त्र व्यापार कार्यालयका उपप्रमुख चु ल्यानले भन्नुभयो:संस्थाको अभिनव नै हामीले स्वतन्त्र व्यापार क्षेत्रको निर्माण गर्ने एक केन्द्र तथा प्राथमिकता मात्र नभइ विकासलाई प्रवर्द्धन गर्ने पहिलो शक्ति पनि हो। यो पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको आग्रह हो।

एक वर्ष बित्यो। हाइनान प्रान्तले केन्द्रीय समितिको बन्दोबस्तीलाई द्दढताका साथ व्यवहारमा उतार्दै हाइनानलाई विशेष आर्थिक क्षेत्र तथा अन्तर्राष्ट्रिय पर्यटन द्बीपको निर्माणका लागि प्रयास गर्दै आएको छ। भविष्यमा हाइनान प्रान्तले संस्थाको अभिनव भन्ने क्षेत्रमा के कदम चाल्नेछ?यसप्रति उपप्रमुख चुले भन्नुभयो:
हामीले मुख्य गरी पर्यटन,आधुनिक सेवा,उच्च प्रविधि,चिकित्सा लगायत बाह्र क्षेत्रलाई अभिनव बनाउने छौं। उद्योगबाहेक हामीले योग्य व्यक्ति आकर्षित गर्दै सम्बन्धित अभिनव कदम लागू गर्ने छौं।

भविष्यमा हाइनान प्रान्तले निरन्तर रुपमा सम्पूर्ण द्बीप स्वतन्त्र व्यापार परिक्षण क्षेत्रको निर्माणमार्फत खुल्ला आर्थिक प्रणालीलाई प्रवर्द्धन गर्दै जानेछ। जसबाट प्रचारप्रसार गर्नसक्ने अभिनव अनुभव बनाउँदै चीनको विशेषतायुक्त स्वतन्त्र व्यापारिक पोर्ट र संस्थागत प्रणालीको निर्माणका लागि बलियो आधार सिर्जना गर्नसकिने छ।
