संविधान संशोधन प्रशासन प्रणाली र प्रशासन क्षमता आधुनिकीकरणको माध्यम भएको जनकाङ्ग्रेस प्रतिनिधिको भनाइ

ram naam satya

संविधान संशोधनको मसौदामाथि छलफल गर्नु तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनको महत्वपूर्ण कार्यहरुमध्ये एक हो। धेरै राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधिहरुले संविधान संशोधन गर्नु राष्ट्रिय प्रशासन प्रणाली र प्रशासन क्षमता आधुनिकीकरणलाई अघि बढाउने महत्वपूर्ण कदम भएको बताएका छन्।

यस वर्ष प्रस्तुत गरिएको संविधान संशोधन मसौदा अनुरूप वर्तमान संविधानमा 21 वटा संशोधन गरिनेछ। राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि एवम् युननान प्रान्तको लिङछाङ शहरका मेयर चाङ च चङले यस पटकको संविधान संशोधन मुलुकको विकास परिस्थितिका लागि आवश्यक भएको भन्दै दृढ समर्थन गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको बडापत्रमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, केन्द्रिय सैन्य आयोगका अध्यक्ष तथा वर्तमान संविधानमा चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्षको अवधि सम्बन्धी कुनै प्रावधान नराखिने भएको छ।

राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधिले यस संशोधनबाट केही वर्षमा चीनले कम्युनिष्ट पार्टी, जनगणतन्त्र चीन, चिनियाँ जनमुक्ति सेनाका नेता “तीनमा एक” नेता प्रणाली मिलाउने बताएका छन्।

राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि एवम् सामाजिक विज्ञान प्रतिष्ठान कानून संस्थाका उपप्रमुख फङ च्युनले पार्टीका नेता संविधान संशोधन मसौदाले पार्टीको केन्द्रमा नेता रहने र चिनियाँ विशेषतायुक्त समाजवादको ब्यानरलाई अझै माथि उठाउन हितकर रहेको बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष तथा उप राष्ट्राध्यक्ष पदको संशोधनबाट राष्ट्रिय नेता प्रणालीलाई बलियो बनाउन र सुधार गर्न उपयोगी हुने पनि बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *