संविधान कार्यान्वयनका लागि निर्वाचन कोशेढुङ्गा भएको राष्ट्रपतिको भनाइ

ram naam satya
(GMT+08:00) 2017-11-26 15:35:39

         राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ।

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले शनिबार दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुङ्गा सावित हुने उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न पनि आह्वान गर्नुभयो।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रूपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ। यसैबीच रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताउनुभएको छ।

गोरखापत्र अनलाइनका अनुसार पहिलो चरणमा हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाको निर्वाचनमा २८ हजार ८२६ नेपाली सेना खटिने जानकारी पनि उहाँले दिनुभयो। दुवै निर्वाचनका लागि ६४ हजारभन्दा बढी सेना रक्षा मन्त्रालयले खटाउन लागेको छ। नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत निर्वाचनमा खटिँदै छन्। हवाई अनुगमन भइरहेकाले सुरक्षाको सम्पूर्ण व्यवस्था चुस्त रहेको उहाँको भनाइ थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *